कीवर्डहरू -

म्युन इन्टरनेशनल \'युनिभ्यु\'को नेशनल डिस्ट्रिव्युटर

म्युन इन्टरनेशनल \'युनिभ्यु\'को नेशनल डिस्ट्रिव्युटर

सिसिटिभी तथा सेक्युरिटी प्रडक्टहरुको विश्वसनिय कम्पनीको रुपमा स्थापित म्युन इन्टरनेशनलले विश्वको प्रख्यात कम्पनी युनिभ्युसँग आधिकारिक नेशनल डिस्ट्रिव्युटरको सम्झौता गरेको छ ।

मसिंर ८ गते होटल अन्नपुर्णमा आयोजित विशेष कार्यक्रममा म्युन इन्टरनेशनल र युनिभ्यु कम्पनीका प्रतिनिधिहरुविच सम्झौता भएको थियोे ।


मसिंर ८ गते होटल अन्नपुर्णमा आयोजित विशेष कार्यक्रममा म्युन इन्टरनेशनल र युनिभ्यु कम्पनीका प्रतिनिधिहरुविच सम्झौता भएको थियोे । स्टार्टअप सिसिटिभी तथा वाइटेक जस्ता ब्राण्डहरुको काम गरिरहेको कम्पनीले पछिल्लो समय नेपालमा देखिएको सेक्युरिटी इस्यु र थप नयाँ प्रविधिको प्रडक्टहरुको डिमाण्डको कारण युनिभ्यु जस्तो विश्वप्रख्यात ब्राण्डसँग सम्झौता गरिएको कम्पनीका प्रवन्ध निर्देशक सन्तोस गौतमले बताए ।


युनिभ्युका साउथ एसिया सेल्स डाइरेक्टर Mr. Miller ले नेपालमा 'म्युन'जस्तो अनुभवी कम्पनीसँग काम गर्न पाउदा खुसी लागेको र अब चाडै युनिभ्युले गुणात्मक रिजल्ट दिने बताए । युनिभ्यु विश्वकै प्रसिद्ध सिसिटिभी तथा सेक्युरिटी प्रडक्ट उत्पादन गर्ने कम्पनी रहेको र अहिले व्यपारको हिसाबले विश्वमा चौथो नम्बरमा रहेको Miller को भनाइ छ  ।

कार्यक्रममा बोल्दै म्युन इन्टरनेशनलका मोहम्मद चुन्नाले अब सबै मिलेर नेपालमा सेक्युरिटीका इस्युहरुलाइ समाधान गदैै काम गर्नुपर्ने बताए । सबैको साथ र सहयोगले नेपालमा न १ ब्रान्ड बनाउने विश्वास व्यप्त गर्दै उनले देशभरिका  स्थानिय डिस्ट्रिव्युटरहरुलाइ सहकार्यको लागि आग्रह गरे ।  कार्यक्रममा देशीभरिका ४० बढी डिस्ट्रिव्युटरहरुको सहभागिता रहेको थियो ।

\"\"

\"\"

\"\"