लिभिङ विथ आइसिटीले विभिन्न प्रदेशमा आयोजना गर्दै आएको आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला काठमाण्डौमा पनि आयोजना हुने भएको छ । आउदो पुस ४ र ५ गते आयोजना हुने कार्यक्रममा ५० बढि स्टार्टअपहरुको सहभागिता रहने जनाइएको छ ।
यस अघि बिराटनगर, बुटवल र नारायणगढमा मेलाको आयोजना भइसकेको छ । आइटी तथा इन्नोभेसनमा केन्दि«त नयाँ कम्पनीहरुले सहभागिता जनाउने यस कार्यक्रममा दोश्रो दिन स्टार्टअप र उद्यमशिलताको बारेमा कन्फ्रेन्स समेत आयोजना हुनेछ ।

स्टार्टअप मेलाको शिर्ष प्रयोजन एआइमा काम गर्ने कम्पनि '
फयुज मेसिंस'
ले गरेको छ । यसअघि काठमाडौँ बाहिरको सबै कार्यक्रममा पनि फयुज मेसिंसको सहभागिता रहेको थियो । काठमाण्डौको थापागाँउ स्थित प्रेसिडेन्टियल विजनेश स्कुलमा आयोजना हुने कार्यक्रममा सहभागिताको लागि आयोजकले आग्रह गरेको छ । सहभागी हुनको लागि स्टार्टअप कम्पनीहरुले
nepalistartup.com
वेबसाइटमा गएर रजिस्टर गर्नुपर्ने हुन्छ ।