कीवर्डहरू -

भ्रमण वर्ष २०२० को अवसरमा \'मेरो गाउ, मेरो ठाउ\' भिडियो च्यालेन्ज आयोजना हुदै

भ्रमण वर्ष २०२० को अवसरमा \'मेरो गाउ, मेरो ठाउ\' भिडियो च्यालेन्ज आयोजना हुदै

पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनैपनि महत्वपूर्ण प्राकृतिक , सांस्कृतिक सम्पदा , भेषभुषा , जातजातीको पहिचान , खानपान , कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वी विल राईज फाउण्डेसनद्वारा दोर्स्रो पटकको कार्यक्रमको घोषणा गरिएको छ  ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले मुलुकका दुरदराजका क्षेत्रहरु सम्म भ्रमण वर्ष बारे जनचेतना फैलाउन समेत सहयोग पुग्ने आयोजकले बताएको छ  ।

\"\"

उद्घाटन कार्यक्रममा बोल्दै भ्रमण बर्ष २०२० का संयोजक, सुरज बैद्य

  • अवार्डका विधाहरु पुरस्कार रकम :
  • बेष्ट भिडियो अफ द इयर रु. पाच लाख
  • पब्लिक च्वाईस अवार्ड रु. तीन लाख
  • बेष्ट डिरेक्टर रु. तीन लाख
  • वुमन भिडियो मेकर अफ द इयर रु. एक लाख
  • फ्युचर स्टार अफ द इयर रु. एक लाख
  • मोष्ट पोटेन्सियल डेस्टीनेसन रु. एक लाख
  • मोष्ट एनरजेटिक भिडियो मेकर रु. एक लाख
  • बेष्ट स्क्रीप्ट भ्वाईस ओभर रु. एक लाख
  • वेष्ट सिनेमाटोग्राफर रु. एक लाख
  • वेष्ट एडिटर रु. एक लाख

"प्राप्त भिडियोहरुको उचित प्रचारप्रसार गर्नसके योे आन्तरिक तथा बाह्य पर्यटन प्रर्बद्धनका लागि ठूलो सहयोगी हुन सक्ने विश्वास लिदै यसलाई निरन्तरता दिने दायित्वबोध अझ बढेको वि विल राईज फाउन्डेसनका फ़ाउण्डर निर्देशक निर्मल श्रेष्ठले बताए  ।

आफ्नो गाउ ठाउ लाई प्रर्वद्धन गर्ने दायित्व सबैभन्दा पहिले मेरै हो भन्ने भावना जगाउ ने जगाईदिने प्रयास संगै आफुमा नीहित प्रतिभा प्रष्फुटन गर्ने अवसर स्वरुप मेरो गाउ “, मेरो ठाउ “” शिर्षकमा गतवर्ष आयोजित प्रतियोगितामा सातै प्रदेशबाट सहभागिताका साथ १ सय ३२ भिडियोहरु प्राप्त भएका थिए ।

त्यसमध्येबाट १० विधागत अवार्डका लागि ४७ भिडियो अन्तिम प्रतिस्पर्धामा छनौट गरी २०७६ असार १६ गते काठमाण्डौंस्थित होटल अन्नपूर्ण दरबारमार्गमा अन्तिम प्रतिष्पर्धा आयोजना गरिएको थियो

उक्त प्रतियोगिता नेपाल पर्यटन बोर्ड , नेपाल भ्रमण वर्ष २०२० सचिवालय र चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित थियो । यसपटक गण्डकी प्रदेश र ८० बढी मुलुकमा फैलिएको गैरआवासिय नेपाल संघ समेत यस अभियानमा जोडिएको छ ।


यो प्रतियोगिता ठिक एक सय (१००) दिन चल्नेछ । सहभागी हुन चाहने प्रतियोगीले डिसेम्बर १ देखि मार्च ९ सम्म आफ्ना भिडियोहरु पठाईसक्नु पर्नेछ । सहभागी वृत्तचित्रको गुणस्तर न्यूनतम फूल एचडी(१९२०x १०८०)पिक्सेलको र समय अधिकतम ५ मिनेटको हुनुपर्ने छ ।

प्रतियोगीहरुले फाउण्डेसनको वेबसाइटमा रेजिष्ट्रेसन फर्म भरी गुगल ड्राइभबाट भिडियो पठाउन सक्नेछन् । निर्णायक मण्डलले आएका भिडियोहरु मध्येबाट १० विधागत अवार्डका लागि ७० भिडियो मनोनयन गर्नेछन् । छनौटमा परेका १० उत्कृष्ट भिडियोहरुलाई आगामी अप्रिलमा बृहत कार्यक्रम गरी पुरस्कार वितरण गरिनेछ ।