कीवर्डहरू -

वानप्लस ७टी प्रो नेपाली बजारमा, मूल्य ९९ हजार ९ सय ९९ रूपियाँ

वानप्लस ७टी प्रो नेपाली बजारमा, मूल्य ९९ हजार ९ सय ९९ रूपियाँ

वानप्लसले प्रिमियम फ्ल्यागशीपको रूपमा नयाँ स्मार्टफोन 'वानप्लस ७टी प्रो 'आइतवार नेपाली बजारमा सार्वजनिक गरेको छ ।

७टी प्रो मा ६ दशमलव ६७ इन्चको फ्ल्युड एमोलिड एचडी प्लस रिजोलुशन डिस्प्ले छ । ८५५ अक्टाकोर प्रोसेसर, ७ एनएम चिपसेट, २५६ जीबी यूएफएस ३ दशमलव शून्य स्टोरेज र ८ जीबी र्‍याममा उक्त फोन उपलब्ध छ । 

नेपाली बजारमा ९९ हजार ९९९ रुपैयाँ मूल्य कायम गरिएको वानप्लस ७टी प्रोमा मोटोराइज्ड पपअप १६ एमपी फ्रन्ट क्यामेरा,  शून्य दशमलव २८ सेकेन्डको फेस अनलक र अन्डरडिस्प्ले फिंगरप्रिन्ट पनि रहेको कम्पनीले बताएको छ ।

त्यस्तै, ७टी प्रो मा ४ हजार ८५ एमएएच फास्ट ब्याट्री चार्जर ३० वाटको चार्जिङ टेक्नोलोजी रहेको छ ।