कीवर्डहरू -

ट्रिपल क्यामेरा सहित अनर नाइन एक्स नेपालमा

ट्रिपल क्यामेरा सहित अनर नाइन एक्स नेपालमा

अनरले नेपाली बजारमा अनर नाइन एक्स् सार्वजनिक गरेको छ । ६.५९ इन्चको फुल डिस्प्ले रहेको यो फोनको १९६.८ ग्राम तौल  रहेको छ ।

यसमा किरिन ७१० एफ प्रोसेसर प्रयोग गरिएको छ । भने यो मोबाइल ६ जीबि र्याम र १२८ जीबि रोममा उपलब्ध रहेको छ ।  यसमा ४ हजार एमएएचको ब्याट्री रहेको छ ।

तिनवटा रियर क्यामेरा रहेको यसमा मेन क्यामेरा ४८ मेगापिक्सेल, दोस्रो क्यामेरा ८ मेगापिक्सेल र तेस्रो क्यामेरा २ मेगापिक्सेलको रहेको छ ।

अनर नाइन एक्समा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । यो फोन एन्ड्रोइड अपरेटिङ ९(पाई) मा आधारित रहेको छ ।

नेपाली बजारमा अनर नाइन एक्सको मूल्य २९ हजार ९ सय ९९ रहेको छ ।