कीवर्डहरू -

नेपाल र श्रीलंका बिचको फुटबल खेलको सही अनुमान लगाउनेलाई टेलिकमले २ हजारको रिचार्ज दिने

नेपाल र श्रीलंका बिचको फुटबल खेलको सही अनुमान लगाउनेलाई टेलिकमले २ हजारको रिचार्ज दिने

१३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको फुटबलमा आज नेपाल र श्रीलंका खेल्दै छन् । उक्त खेल साँझ ५ बजे बाट दशरथ रंगशालामा सुरु हुने छ ।

नेपाल र श्रीलंका बिच हुने फुटबल खेलको सहि अनुमान लगाउनेलाई नेपाल टेलिकमले २ हजार रुपैयाँ बराबरको रिचार्ज उपलब्ध गराउने भएको छ ।

यसको लागी नेपाल टेलिकमको आधिकारिक फेसबुक पेज र इन्टाग्राममा कमेन्ट गर्नु पर्ने छ । तपाईले टेलिकमको आधिकारिक फेसबुक पेज लाइक र इन्टाग्राम पनि फलो गर्नुपर्ने छ ।

खेल सुरु हुनु भन्दा अगाडी सम्म गरेको कमेन्ट मात्र मान्य हुने नेपाल टेलिकमले जनाएको छ ।