कीवर्डहरू -

टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स सम्पन्न

टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स सम्पन्न

नेपालका लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा आयोजना गरेको टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स सम्पन्न भएको छ ।

रेस ट्रयाक एक्सपिरियन्सका लागि छनोट गरिएका २५ जना प्रतियोगीहरुले उक्त रेस ट्रयाकमा टिभिएस मोटरसाईकल कुदाएर अविस्मरणीय अनुभव सङ्गालेका छन् ।

अपाचे रेस ट्रयाक एक्सपिरियन्सका लागि २५ जना प्रतियोगीहरु लगायत टिभिएसको व्यवस्थापन टोली नेपालबाट मङ्सिर १४ गते मद्रासका लागि प्रस्थान गरेका थिए ।

मङ्सिर १५ र १६ गते गरी लगातार दुई दिन सम्म चलेको यस कार्यक्रम मङ्सिर १७ गते सम्पन्न भएको थियो । गत वर्ष पनि टिभिएस मोटर्सले राईडरहरुलाई केन्द्रित गरी यस्तै किसिमको कार्यक्रम आयोजना गर्न सफल रहेको थियो ।

यस वर्ष पनि आयोजित कार्यक्रमको सफलता पछि आभार प्रकट गर्दै जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष श्री दीपक अग्रवालले भन्नुभयो , “नेपालका बाइक राइडरहरुले पनि अन्र्तराष्ट्रिय प्लेट फर्ममा आफ्नो क्षमता, दक्षता एवं अनुशासन प्रदर्शन गर्न पाउँदाको यो क्षण उनीहरुका लागि मात्रै अविस्मरणीय नभई जगदम्बा मोटर्स परिवारका लागि पनि गरिमामय बन्न पुगेको छ ।

उनीहरुको सपना यथार्थमा परिणत गर्न पाएकोमा हामी आफुलाई निकै भाग्यशाली ठान्दछौँ ।”

कार्यक्रमको सम्पन्न भएसंगै रेस ट्रयाक एक्सपिरियन्सका सहभागी लगायत टिभिएसको व्यवस्थापन टोली मङ्सिर १८ गते बुधबार नेपाल फर्कदै छन् ।