कीवर्डहरू -

टेलिकमको गज्जबको अफर आफन्तलाई अपहार स्वरुप ‘भ्वाइस र डेटा’ दिन सकिने

टेलिकमको गज्जबको अफर आफन्तलाई अपहार स्वरुप ‘भ्वाइस र डेटा’  दिन सकिने

सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’ भन्ने नयाँ योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत आफन्तलाई भ्वाइस र डेटा पठाउन सकिने छ । यो सेवा प्रयोग गर्न नेपाल टेलिकमको आधिकारिक मोबाइल एप डाउनलोड गर्नु पर्ने हुन्छ ।

डाउनलोड गरेपछि ‘रजिष्टर’ मा गई त्यहाँ मागे बमोजिम विवरण राखे पछि लगइन हुन्छ । त्यसपछि मोबाइलमा मेसेजको रुपमा वन टाइम पासवर्ड (ओटिपि) आउछ ।

जुन कोड एकपटक मात्र प्रयोग गर्न सकिन्छ । सो कोड राखिसकेपछि टेलिकमको एप प्रयोग गर्न सकिन्छ ।

नेपाल टेलिकमको यो एप बाट आफन्त वा साथिभाई लाई भ्वाइस वा डेटा उपहार स्वरुप दिन सकिने कम्पनीले जनाएको छ । यो सुविधा प्रयोग गर्न  टेलिकमको एप खोली ‘गिप्ट प्याकेज’ भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । \"\"

यो अप्सनमा गैसकेपछि डेटा र भ्वाइस उपहार स्वरुप दिन सक्नु हुन्छ । डेटा र भ्वाइस मात्र नभएर यसबाट उपहार स्वरुप मिस्ड अलर्ट सेवा पनि सुचारु गर्न सकिन्छ ।

\"\"

आफुले आफन्तलाई दिन चाहेको डेटा वा भ्वाइसको प्याकेजमा ‘क्लिक टु सब्सक्राइब’ लेखिएको ठाउँमा क्लिक गर्नु पर्छ । क्लिक गरेपछि उपहार स्वरुप दिन चाहेको मोबाइल नम्बर राखि ओके बटनमा थिच्नु पर्च । यो सुविधा प्रिप्रेड तथा पोष्टपोड प्रयोगकर्ताले प्रयोग गर्नब सक्ने छन् ।

\"\"