कीवर्डहरू -

ओपोले दुइ वटा फाइभजी मोबाइल फोन ल्याउदै

ओपोले दुइ वटा फाइभजी मोबाइल फोन ल्याउदै

ओपोले स्न्यापड्रागन ८६५ र ७६५ प्रोसेसरमा आधारित फाइभजी स्मार्टफोन ल्याउने भएको छ ।

ओपोले डिसेम्बर ३ तारिखको दिन आयोजित क्वालकम स्न्यापड्रागन टेक समिटमा सन् २०२० को अप्रिलमा क्वालकम स्न्यापड्रागन ८६५ मा आधारित फ्ल्यागशिप फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने पहिलो मध्य एक कम्पनी हुने घोषणा गरेको छ ।

यही महिना सार्वजनिकको तयारीमा रहेको  रेनोथ्री प्रो स्न्यापड्रागन ७६५ जीमा आधारित मोबाइल ब्राण्डकै पहिलो डुअल मोड फाइभजी ह्याण्डसेट हुने ओपोले घोषणा गरेको छ ।

स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्म मार्फत उपभोक्तालाई क्यामेरा , गेमिङ र आर्टिफिसियल ईन्टेलिजेन्सी लगायतमा उत्कृष्ट अनुभव प्रदान गर्ने छ ।

स्न्यापड्रागन ७६५ जीमा आधारित रेनोथ्री प्रोले प्रयोगकर्तालाई उत्कृष्ट फाइभजी कनेक्टिभिटी , क्वालकम स्न्यापड्रागन एलिट गेमिङ र अल्ट्रा थिन फर्म फ्याक्टरमा अभुतपूर्व अनुभव प्रदान गर्न सघाउने छ ।

भविस्यमा थप फाइभजी उत्पादनहरु पस्कदै जाने ओपोको योजना रहेको छ । ओपोका उपाध्यक्ष तथा ग्लोबल सेल्सका अध्यक्ष , एलेन वुले भनेका छन् ।