कीवर्डहरू -

कुलमानलाई ‘नाष्ट प्रविधि पुरस्कार’

कुलमानलाई ‘नाष्ट प्रविधि पुरस्कार’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले यो वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरेको छ ।

पुरस्कारको राशि एक लाख नगद र सम्मान पत्र रहेको छ । विद्युत आपुर्ति र मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङ मुक्त बनाउन योगदान गरे वापत ‘नाष्ट प्रविधि पुरस्कार’ प्रदान गरिएको हो

शिक्षा, विज्ञान प्रविधि मन्त्री तथा नाष्टका सहकुलपति गिरिराजमणि पोखरेलले पुरस्कार प्रदान गरेका हुन् ।