कीवर्डहरू -

‘एआई शिक्षा फर नेपाल’ को लागि फ्यूज मेसिन र समृद्धि कलेज बिच सम्झौता

‘एआई शिक्षा फर नेपाल’ को लागि फ्यूज मेसिन र समृद्धि कलेज बिच सम्झौता

अन्तराष्ट्रिय स्तरको आर्टिफिसियल इन्टेलिजेन्स शिक्षा प्रदान गर्नको लागि फ्यूज मेसिन नेपाल र समृद्धि एजुकेसन फाउन्डेसन बिच सम्झौता भएको छ ।

कार्यक्रममा बोल्दै समृद्धि कलेजका प्रिन्सिपल नरेश श्रेष्ठले भने,“ नेपाली विद्यार्थिलाई एआई शिक्षा प्रदान गर्नको लागि यति मेहनत गर्नु भएको छ, त्यसको लागि फ्यूज मेसिन इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत समिर मास्केलाई हामिले सम्मान गर्नुपर्छ” ।

फ्यूज मेसिनले ‘एआई शिक्षा फर नेपाल’ भन्ने कार्यक्रम मार्फत अन्तराष्ट्रिय स्तरको एआई शिक्षा नेपालमै दिने उदेश्यले विभिन्न कलेजहरुसँग सहकार्य गरी रहेको छ ।

जसमा समृद्धि एजुकेसन फाउन्डेसनले सञ्चालन गरेको समृद्धि कलेजसँग पनि सहकार्यको हस्ताक्षर भएको छ । फयुज मेशिनका निर्देशक मुकुन्द जोशी र सम्रिद्दीका अद्य्क्ष मनोहर भट्टराईबीच उक्त सहकार्यमा हस्ताक्षर भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै समृद्धि कलेजका प्रिन्सिपल नरेश श्रेष्ठले भने,“ नेपाली विद्यार्थिलाई एआई शिक्षा प्रदान गर्नको लागि यति मेहनत गर्नु भएको छ, त्यसको लागि फ्यूज मेसिन इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत समिर मास्केलाई हामिले सम्मान गर्नुपर्छ” ।

उनले भने समृद्धि कलेज एउटा पायोनियर आइसिटी कलेज हो । फ्यूज मेसिन नेपाल सँग सहकार्य गर्न पाउदा हामिलाई गर्व लागेको छ । फ्यूज मेसिन नेपालले ‘एआई शिक्षा फर नेपाल’ को लागि हेराल्ड कलेज र थिम्स इन्टरनेशनल कलेजसँग पनि सहकार्य गरेको छ ।

फयुज मेशिन एआइमा काम गर्ने प्रतिष्ठित कम्पनि हो, जसले देशलाइ समृद्द बनाउन एआइ प्रबिधिको प्रयोगलाइ सबैमाझ पुर्याउन लागिपरेको छ । एआइलाइ डेमोक्रटाइज गर्ने उदेश्य सहित कम्पनिले नेपालमा 'एआइ स्कलरशिप' र एआइ शिक्षा' संचालन गरेको छ ।

\"\"