कीवर्डहरू -

नेपाल र बंगलादेश बिच हुने फुटबल खेलको सही अनुमान लगाउनेलाई नेपाल टेलिकमले २ हजार दिने

नेपाल र बंगलादेश बिच हुने फुटबल खेलको सही अनुमान लगाउनेलाई नेपाल टेलिकमले २ हजार दिने

१३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा डिसेम्बर ८ (आज) नेपाल र बंगलादेश खेल्दै छन् । उक्त खेल दशरथ रंगशालामा हुने छ ।

नेपाल र बंगलादेश बिच हुने फुटबल खेलको सही अनुमान लगाउनेलाई नेपाल टेलिकमले २ हजार रुपैयाँ बराबरको रिचार्ज उपलब्ध गराउने भएको छ ।

यसको लागी नेपाल टेलिकमको आधिकारिक फेसबुक पेज र इन्टाग्राममा कमेन्ट गर्नु पर्ने छ । यो सँगै टेलिकमको आधिकारिक फेसबुक पेज लाइक र इन्टाग्राम पनि फलो गर्नुपर्ने हुन्छ ।

साँझ ५ बजे सम्म गरेको कमेन्ट मात्र मान्य हुने नेपाल टेलिकमले जनाएको छ । यदि नेपालले आजको खेल जितेमा नेपाल स्वर्णको लागि भुटान सँग प्रतिस्पर्धा गर्नेछ ।