कीवर्डहरू -

प्राइम कलेजमा ३ दिने एआई वर्कसप हुदै

प्राइम कलेजमा ३ दिने एआई वर्कसप हुदै

आइसिटी मिटअपको अवसर पारेर प्राइम कलेजमा डिसेम्बर १२ देखि १४ तारिख सम्म एआईको वर्कसप हुने भएको छ ।

प्राइम कलेज र प्राइम आइटी क्लबले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा ३ दिने वर्कसपको आयोजना गरेको हो ।

यस वर्कसप आकर्षन भनेको पाइथुन र मेसिन लर्निङको जानकारी, एआई सिस्टम र इन्ड टु इन्ड मेसिन लर्निङ बनाउने रहेको छ ।  परसेप्ट एकेडेमिले यो वर्कसप गराउदै छ ।

यस वर्कसपमा ३५ जनाको मात्र सिमित सिट संख्या रहेको छ । यस वर्कसपमा सहभागि हुनको लागि रजिष्टरमा क्लिक गरेर सहभागी हुन सकिने छ ।

प्राइम आइटी क्लबको आयोजनामा आइसिटी मिटअप डिसेम्बर १२ देखि १४ तारिख सम्म प्राइम कलेजमा हुदैछ ।

जसमा प्रोजेक्ट प्रर्दशनी प्रतियोगिता , विभिन्न वर्कसप र सेसन, प्यानल डिस्कसन लगायतका कार्यक्रमहरु हुने छन् ।