कीवर्डहरू -

विज्ञान र प्रविधिलाई समृद्धि र विकासमा प्रयोग गर्नुपर्नेमा मन्त्रीकाे जाेड

विज्ञान र प्रविधिलाई समृद्धि र विकासमा प्रयोग गर्नुपर्नेमा मन्त्रीकाे जाेड

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिलाई समृद्धि र विकासमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

आइतबार त्रिभुवन विश्वविद्यालय, नेशनल एटमसफेरिक रिसोर्स एण्ड इनभारोमेन्टल रिसर्च ल्याबरोटरी (नारेल) को काठमाडौं कीर्तिपुरमा निर्माण गर्न लागिएको प्रयोगशाला भवनको  शिलान्यासका क्रममा उनले यस्तो बताएका हुन् ।

देशको विकासका लागि विज्ञान र प्रविधि महत्वपूर्ण हुने उनको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयको यो भवन दुई करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको हो । यो भवनको निर्माण कार्य एक वर्ष भित्रमा सकिने जानकारी दिइएको छ ।