कीवर्डहरू -

पुरुष फाइनल क्रिकेट आज हुदै, सही अनुमान लगाउनेलाई टेलिकमले ५ हजार दिने

पुरुष फाइनल क्रिकेट आज हुदै, सही अनुमान लगाउनेलाई टेलिकमले ५ हजार दिने

१३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज पुरुषको फाइनल क्रिकेट हुदै छ । जसमा स्वर्णको लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्दै छन् । उक्त खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ ।

श्रीलंका र बंगालादेश बिच हुने फाइनल क्रिकेटको सही अनुमान लगाउनेलाई नेपाल टेलिकमले ५ हजार रुपैयाँ बराबरको रिचार्ज उपलब्ध गराउने भएको छ ।

यसको लागी नेपाल टेलिकमको आधिकारिक फेसबुक पेज र इन्टाग्राममा कमेन्ट गर्नु पर्ने छ । तपाईले टेलिकमको आधिकारिक फेसबुक पेज लाइक र इन्टाग्राम एकाउन्ट पनि फलो गर्नुपर्ने छ ।

दिउँसो १ बजे सम्म गरेको कमेन्ट मात्र मान्य हुने नेपाल टेलिकमले जनाएको छ ।  आज नै कास्यको लागि नेपाल र माल्दिभ्सले पनि प्रतिस्पर्धा गर्दै छन् ।