कीवर्डहरू -

पुरुष फुटबलको फाइनल खेल आज, सही अनुमान लगाउनेलाई टेलिकमले ५ हजार दिने

पुरुष फुटबलको फाइनल खेल आज, सही अनुमान लगाउनेलाई टेलिकमले ५ हजार दिने

१३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलको फाइनल खेल आज हुदै छ ।  जसमा स्वर्ण पदकको लागि नेपाल र भुटानले प्रतिस्पर्धा गर्दै छन् ।

यो खेल दशरथ रंगशालामा हुने छ । यस खेलमा जसले जित्छ उसले स्वर्ण पदक पाउने छ । भने हार्नेले रजत पदक पाउने छ ।

नेपाल र भुटान बिच हुने फुटबल खेलको सहि अनुमान लगाउनेलाई नेपाल टेलिकमले ५ हजार रुपैयाँ बराबरको रिचार्ज उपलब्ध गराउने भएको छ ।

यसको लागी नेपाल टेलिकमको आधिकारिक फेसबुक पेज र इन्टाग्राममा कमेन्ट गर्नु पर्ने छ । तपाईले टेलिकमको आधिकारिक फेसबुक पेज लाइक र इन्टाग्राम पनि फलो गर्नुपर्ने छ ।

दिउँसो ३ बजे सम्म गरेको कमेन्ट मात्र मान्य हुने नेपाल टेलिकमले जनाएको छ ।