कीवर्डहरू -

पुरुष फुटबल फाइनलको अवसरमा हाम्रो कम्यूनिटिको नयाँ योजना, सेल्फी खिचि १० हजार जित्ने मौका

पुरुष  फुटबल फाइनलको अवसरमा हाम्रो कम्यूनिटिको नयाँ योजना, सेल्फी खिचि १० हजार जित्ने मौका

१३ औ दक्षिण एसियाली खेलकुद (साग) मा आज पुरुष फुटबल फाइनल हुदै छ । दशरथ रंगशालामा नेपाल र भुटानले स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्दै छन् ।

नेपाली खेलाडीको मनोबल बढाउनको लागि फाइनल खेलको अवसरमा हाम्रो पात्रोको हाम्रो कम्यूनिटिले ‘१३ औ साग सेल्फी प्रतियोगिता’ आयोजना गरेको छ ।

नेपाल र भुटान बिचको फाइनल खेललाई ब्याकग्राउण्डमा राखी सेल्फी वा समुह सेल्फी खिचि हाम्रो कम्यूनिटिमा पोष्ट गर्नु पर्ने छ ।

जुन फोटोको क्वालिटि र अत्याधिक लाइक कमेन्ट आएका फोटोबाट पहिलो हुने १ जनाले १० हजार र दोस्रो हुने १ जनाले ५ हजार पुरस्कार प्राप्त गर्न सक्ने छन् ।

यसको लागि तपाई दशरथ रंगशालमा नभए पनि घरबाट हेरिरहनु भएको छ भने हेरिरहेको खेललाई ब्याकग्राउण्ड पारी सेल्फी खिचेर पोष्ट गर्न सक्नु हुने छ ।   फोटो पाेष्ट गर्न ‘१३ औ साग सेल्फी प्रतियोगिता’ मा क्लिक गर्नुहोस ।