कीवर्डहरू -

माइक्रोसफ्टले टुडु एप वन्डरलिष्ट बन्द गर्दै

माइक्रोसफ्टले टुडु एप  वन्डरलिष्ट बन्द गर्दै

माइक्रोसफ्टले टुडु लिस्ट एप वन्डरलिष्ट बन्द गर्ने भएको छ । माइक्रोसफ्टले मे ६, २०२० बाट वन्डरलिष्ट एप बन्द गर्ने घोषना गरेको हो ।

वन्डरलिष्टलाई माइक्रोसफ्टले १८.६ मिलियनमा जुन १, २०१५ मा खरिद गरेको थियो । वन्डरलिष्ट बन्द भएपनी प्रयोगकर्ताले कन्टेन्टलाई माइक्रोसफ्ट टुडु एपमा लिन सक्ने छन् ।

यसको लागि प्रयोगकर्ताले माइक्रोसफ्ट टुडु एपमा गएर वन्डरलिष्ट इम्पोटर प्रयोग गर्न सक्ने छन् । जनवरी १, २०१४ बाट अहिले सम्म आइओएस र एन्ड्रोइमा वन्डरलिष्ट २६ मिलियन डाउनलोड भैसकेको छ ।