कीवर्डहरू -

कुमारी बैंकको मोबाइल बैंकिङ्गमा नयाँ योजनाः १०० टपअप गर्दा १०० क्यास ब्याक

कुमारी बैंकको मोबाइल बैंकिङ्गमा नयाँ योजनाः १०० टपअप गर्दा १०० क्यास ब्याक

कुमारी बैंक लिमिटेडले नगद रहित कारोबार को अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न, कुमारी बैंकले आफ्नो ग्राहकवर्गलाई लक्षित गरी विभिन्न योजनाहरु ल्याएको छ ।

यस योजना अन्तर्गत कुमारी बैंकका ग्राहकहरुले   कुमारी बैंकको मोबाइल बैंकिङ एप कुमारी स्मार्ट प्रयोग गरी निम्न योजनाहरुमा सहभागी भई यस अवसरको फाइदा लिनसक्ने छन् ।

१०० मा १०० योजना

यस योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्गबाट पहिलो रु १०० को टपअप गर्दा रु १०० क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजना नयाँ तथा पुराना दुबै खालका ग्राहकलाई लागू हुनेछ तथा यो योजनामा सहभागी हुनका लागि ग्राहकले पहिलो चोटी कुमारी मोबाईल बैंकिङ्गको  प्रयोग गरेको हुनुपर्नेछ ।

स्क्यान एन्ड पे

यस योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्ग प्रयोग गरी विभिन्न पसल तथा रेस्टुराँहरुमा क्यु. आर कोड स्क्यान गरी भुक्तानी गर्दा १०५ वा दैनिक आधिक्तम रु १०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजना फाल्गुन १७ गते सम्मका लागि लागू हुनेछ ।

कुमारी स्मार्टको प्रयोग गरी विभिन्न बिल भुक्तानी जस्तै पानी, बिजुली, सारथिको ट्याक्सी, नेपाल ग्याँस, इन्टरनेट, इत्यादिको पैसा भुक्तानी गर्न पनि सकिन्छ ।

आफूलाई समसामयिक प्रविधिको द्रुत अनुकरण गर्न सफल बैंकको रूपमा दर्शाउन सफल कुमारी बैंकले आफ्ना देशभर रहेका ११६ शाखा संजाल, १११ एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग इकाइहरु मार्फत आफ्ना ग्राहकवर्गलाई  सेवा दिदै आएको छ ।