कीवर्डहरू -

ओपोले ईन्टेलिजेन्ट कनेक्टिभिटीको लागि आउदो तिन वर्षमा ७ विलियन डलर लगानी गर्ने घोषणा

ओपोले ईन्टेलिजेन्ट कनेक्टिभिटीको लागि आउदो तिन वर्षमा ७ विलियन डलर लगानी गर्ने घोषणा

क्रिएट वियोन्ड बाउन्डरिज् थिम सहित ओपोले हिजो शन्चन्मा ईन्टेलिजेन्ट कनेक्टिभिटीको यूगका लागि आफ्नो अन्तरदृष्टि र पहलहरु प्रदर्शित गर्दै ओपो ईन्नो डे २०१९ डिसेम्बर १० मा आयोजना गरेको थियो ।

कार्यक्रम मार्फत ओपोले स्मार्ट वाच, स्मार्ट हेडफोन्स, फाइभजी सीपीई, एआर ग्लासेज् लगायत आफ्ना स्मार्ट उपकरणहरुका साथै फ्ल्याश चार्जिङ, फाइभजी, ईमेजिङ र सफ्टवेयर अप्टिमाइजेसन लगायत क्षेत्रमा आफ्ना प्रमुख उपलब्धिहरु माथि पनि प्रकाश पारेको थियो ।

यस कार्यक्रममा ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी छन्ले भने, ‘सुरुवातदेखि नै ओपोको परिचय फोन निर्मातामा मात्र सिमित थिएन ।

वास्तवमा स्मार्टफोन्सले ओपोलाई आफ्नो बृहत प्राविधिक सेवाको पोर्टफोलियो थप सुलभ बनाउन सघाएको हो । ओपोका साथै समग्र उद्योग मै नितान्त स्मार्टफोन्समा मात्र केन्द्रित सायदै कुनै कम्पनी होला ।’

ईन्टेलिजेन्ट कनेक्टिभिटीको यूगको लागि आउँदो तीन बर्षमा फाइभजी÷सिक्सजी, एआई, एआर, बिग डाटा र अन्य अग्रगामी प्रविधिहरुका साथै हार्डवेयर, सफ्टवेयर र प्रणालीका लागि मूल प्रविधि विकासका लागि छन्ले आरएमबी ५० बिलियन (करिव ७ बिलियन डलर) आरएण्डडी बजेटको घोषणा गरेका छन् ।