कीवर्डहरू -

ह्याकरले बैंक तथा वित्तिय संस्थाबाट फेरी लुटे करोडौं रुपैयाँ

ह्याकरले बैंक तथा  वित्तिय  संस्थाबाट फेरी लुटे करोडौं रुपैयाँ

कृषि विकास बैंक र पानश रेमिट बाट ह्याकरले फेरी करोडौं रकम लुटेका छन् ।

ह्याक गरेको रकम चोर्ने कार्यमा संलग्न ३ जनालाई महानगरीय अपराध महाशाखा टेकुले उपत्यका बाहिरका विभिन्न ठाउँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाका रमेश खड्का, नवलपरासीका विशेश्वर प्रसाद तिवारी र सन्दीप कलवार रहेका छन् ।

नाईजेरियन तथा भारतिय नागरिकहरुले भारतको दिल्ली, मुम्बई, पाकिस्तान, चिन, तान्जानिया, इथियोपिया तथा बेलायत मा बसी १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ लुटेका हुन् ।

उनिहरुले यो काम गर्नको लागि  ४० जना भन्दा बढि नेपाली एजेन्टहरु परिचालन गरेरे कृषि विकास बैंक र पानश रेमिट बाट लुटेको अपराध महाशाखाले बताएको छ । लुटिएको रकम विभिन्न १७ वाणिज्य बैंकबाट कारोबार भएको प्रहरीले जनाएको छ ।

ह्याकरले सोसल मिडिया प्रयोग गरी चिट्ठा परेको छ, पार्सल आएको छ भनी करोडौं रकम ठगी गर्नुका साथै बैंक तथा वितिय संस्थाहरु ह्याक गर्ने तथा ह्याक र ठगी गरेको रकम विभिन्न माध्यमबाट भारत पठाउने गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ ।

ह्याक र ठगी गरेको रकम नेपालका विभिन्न एजेन्टहरु प्रयोग गरी १५ देखी २० प्रतिशत कमिसन वापत दिईँ बाँकि रकम विभिन्न माध्यमबाट भारत पठाउने गरेको अनुसन्धान बाट खुल्न आएको हो ।