कीवर्डहरू -

पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि सुबिसु इन्टरनेट पार्टनर

पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि सुबिसु इन्टरनेट पार्टनर

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि इन्टरनेट पार्टनरको रुपमा सहभागिता जनाएको छ ।

सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउद र क्वीन्स इभेन्ट नेपालका प्रबन्ध निर्देशक छुम्बि लामा  एवम्ं नेपाली क्रिकेट टिमका पुर्व  कप्तान पारस खड्काको उपस्थितिमा सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

नेपाली खेलकुदको विकास तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ यस बर्ष पनि सुबिसुले यस खेलका लागि सहकार्य गरेको हो ।

प्रत्येक खेलमा उत्कृष्ट क्याचर ‘क्लियर टिभी क्लियर क्याच’  तथा “फास्टेस्ट फिफटी’ लाई उपहार स्वरुप सुबिसु इन्टरनेट र क्लियर टिभी सेवा १ वर्षका लागि निशुल्क प्रदान गरिने छ ।