कीवर्डहरू -

फ्रिल्यान्सिङ वेबसाइट ‘टेकसेवा’ सञ्चालनमा आउदै, सुरक्षा कमजोरी भेटाउनेलाई १० हजार दिने

फ्रिल्यान्सिङ वेबसाइट ‘टेकसेवा’ सञ्चालनमा आउदै, सुरक्षा कमजोरी भेटाउनेलाई १० हजार दिने

आर एस सफ्टवेयर्स प्रालीले नेपालमा पहिलो पटक फ्रिल्यान्सिङको लागि टेकसेवा नामक वेबसाइट सञ्चालनमा ल्याउन लागेको छ ।

यसबाट आफुसँग कुनै सिप वा क्षमता छ भने घरमै बसेर पैसा कमाउन सकिन्छ । प्रोजेक्ट लिने मान्छेले काम पुरा नगरेसम्म पैसा नपाउने र काम पुरा भएपछि मात्र पैसा पाउने भएकाले पैसा सुरक्षित रहने टेकसेवाका सञ्चालक रविन्श लामिछानेले हामीलाई जानकारी दिए ।

सुरुमा पैसा टेकसेवा सँगै रहने र काम गर्ने मान्छेलाई काम पुरा गरेपछि मात्र पैसा पठाउछौ उनले भने । काम दिने मान्छेले काम पुरा भएपछि पैसा नदिएर भाग्न पनि सक्दैन ।

जनवरी १ बाट सञ्चालनमा आउने यो टेकसेवाले एउटा नयाँ योजना सार्वजनिक गरेको छ । जसमा टेकसेवाको वेबसाइटमा  सुरक्षा सम्बन्धि कुनै पनि कमजोरी भेटियो भने प्रयोगकर्ताले रिपोर्ट गर्न सक्ने र दश हजार सम्म जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

\"\"

टेकसेवाबाट पैसा इ-सेवा बैंक तथा अन्य माध्यमबाट लिन सकिन्छ । भने पेपाल, इ-सेवा, खल्ती, आइएमई पे, बैंक, क्रेडिट कार्ड, मास्टर कार्ड तथा अन्य माध्यमबाट पैसा तिर्न सकिन्छ । टेकसेवाको वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस ।