कीवर्डहरू -

अब मोबाइल एप बाटै ट्याक्सीको सुविधा

अब मोबाइल एप बाटै ट्याक्सीको सुविधा

ट्याक्सीको खोजि अब मोबाइल एप बाटै गर्न सकिने भएको छ । यसको लागि ‘फिल सेफ राइड अन टाइम’ नाराका साथ ‘ट्याक्सीमाण्डु’ मोबाइल एप सञ्चालनमा आएको छ ।

ट्याक्सीमाण्डु एप सञ्चालनमा आए सँगै ग्राहक खोज्दै चालक भौतारिने र ट्याक्सी खोज्दै ग्राहक भौतारिने समस्याबाट मुक्त हुने आशा गरिएको छ । मोबाइल एपबाटै यात्रुले ट्याक्सी बुक गर्न सक्ने छन् ।

यसको लागि चालक र यात्रुको लागि फरक फरक एप बनाइएको छ । यसमा दर्ता हुने चालकको नागरीकता, लाइसेन्स र फोन नम्बर सहित सबै विवरण राखिने भएकाले सुरक्षा दृटिकोणले संवेदनशील रहेको छ सञ्चालक स्वीटीले बताइन् ।

ट्याक्सीमाण्डुमा दर्ता हुने चालकले ह्याम्स अस्पतालमा उपचार गर्दा १० प्रतिशत र औषधि किन्दा ५ प्रतिशत छुट पाउने छन् । ट्याक्सीमाण्डु एप प्रयोग गर्ने चालक र यात्रुले इ-सेवाबाट पेमेन्ट गर्दा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्ने छन् ।

यस्तै एक महिनामा धेरै यात्रु बोक्ने ट्याक्सीलाई पेट्रोल राखिदिने र वर्षमा धेरै यात्रु बोक्ने ट्याक्सीको कर तिरिदिने ट्याक्सीमाण्डुले बताएको छ ।

ट्याक्सीमाण्डुले भिजिट नेपाल २०२० को लागि सहयोग पुग्ने बताएको छ । ट्याक्सीमाण्डुको मोबाइल एप प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने छ ।