कीवर्डहरू -

पोखरा प्रिमियर लिगको रेस पार्टनरमा टिभिएस

पोखरा प्रिमियर लिगको रेस पार्टनरमा  टिभिएस

पोखरा प्रिमियर लिग (पिपिएल) मा नेपालका लागि टिभिएसका मोटर साइकल तथा स्कुटरका आधिकारीक बिक्रेता जगदम्बा मोटर्स् रेसिङ पार्टनरका रुपमा रहेको छ ।

टिभिएस अपाचे सिरीजको रेस पार्टनरको प्रस्तावना सफल रुपमा पारित भएको छ । रेस पार्टनरको लागि जगदम्बा मोटर्स् प्रालिका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र पिपिएलका प्रबन्ध निर्देशक छुम्बी लामा बीच आपसी समझदारीमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

मङसिर २८ गते देखि पौष १२ गते सम्म चल्ने पिपिएलका लागि दोस्रो सिजनको खेल तालिका सार्वजनिक भइसकेको छ ।

पिपिएलमा विभिन्न ६ टिम बुटवल ब्लास्टर , चितवन राइनोज , विराटनगर टाईटन , पोखरा पल्टन , एक्सपर्ट धनगढी ब्लूज र काठमाडौं रोयल्स खेल्दै छन् । बिहान ११ बजे उद्घाटन खेल पोखरा पल्टन र काठमाडौं रोयल्स बीच हुदैछ ।