कीवर्डहरू -

भोईथको युहिम सार्वजनिक, गुणस्तर प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता नगर्ने

भोईथको युहिम सार्वजनिक, गुणस्तर प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता नगर्ने

नेपालको लागि टोयोटाको आधिकारीक विक्रेता भोईथ अन्रतर्गतको कम्पनी युनाईटेड हेभी ईक्युपमेन्टस् एण्ड अर्थमुभर्स ( UHEEM ) कम्पनी सार्वजनिक गरेको छ ।

धुम्बाराहिमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको सार्वजनिक कार्यक्रम हायात रिजेन्सीमा मङसिर २९ गते आयोजना गरिएको थियो ।

सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मेसिनहरु भित्र्याई निर्माण कार्यहरु सहज र सुलभ बनाउँदै आएको युहिमले विश्व विख्यात निर्माण कम्पनीहरु जस्तै सन्वार्ड , सिनोम्याक र नियोसेनका निर्माण उपकरणहरु एक्सकाभेटर, ग्रेडर र ब्रेकर आयात गर्दै आएको छ ।

युहिमले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणहरुमा जापान, जर्मनी, साउथ कोरियामा उत्पादन भएको अन्र्तराष्ट्रिय स्तरको इन्जिन र स्पेयर पार्टस्हरुको प्रयोग हुन्छ ।

जुन ह्युण्डाई, कोमात्सु जस्ता कम्पनीहरुमा समेत हुने गर्दछ । नेपाली समुदायको मानस पटलमा चाइनिज उपकरणहरु कमसल हुने धारणालाई अनुचित तथा गलत साबित गर्दै अन्र्तराष्ट्रिय स्तरका उपकरणहरुको उत्पादन गर्दै सदैव ग्राहकको विश्वास जित्न तत्पर रही आएको छ ।

क्याटरपिल्लर, कोमात्सु, कोबेल्कोजस्ता प्रतिष्ठित कम्पनीहरुको एकमात्रप्रतिस्पर्धी कम्पनी रहेको युहिमले निर्माण उपकरणहरुको गुणस्तर, प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता गर्ने गरेको छैन ।

ए क्लास, बी क्लास कन्ट्रयाक्टर, विदेशी कन्ट्रयाक्टरहरुका साथै हाईड्रोपावरहरुका लागि लक्षित गरिएका यी निर्माण उपकरणहरु धादिङ, बुटवल, कपिलवस्तु, सिन्धुली, काभ्रे, रामेछाप, सोलुखुम्बु, चितवन, हेटौँडा, संखुवासभा, ओखलढुंगा, ताप्लेजुङ, आदि क्षेत्रमा सञ्चालन हुँदै आएको छ ।

युहिमको धुम्बाराहीस्थित हेडक्वाटरमा खरिद पछिको सर्भिस, पार्टस्हरु सहजताका साथ उपलब्ध गराउनुका साथसाथै ग्राहकका लागि अन्य सेवाग्राहिको व्यवस्था र भैरहवामा पनि ब्रान्च कम्पनीको विस्तार गरिसकेको छ ।