कीवर्डहरू -

हुवावे मेट ३० प्रो नेपालमा सार्वजनिक

हुवावे मेट ३० प्रो नेपालमा सार्वजनिक

हुवावेले नेपालमा हुवावे मेट ३० प्रो सार्वजनिक गरेको छ । ६.५३ इन्चको फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले रहेको छ । किरिन ९९० चिपसेट प्रयोग गरिएको मेट ३० प्रोमा ८ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टोरेज रहेको छ ।

यसमा अपरेटिङ सिस्टम गुगलका सेवा बिना एन्ड्रोइड १० तथा ईएमयूआई १० प्रयोग गरिएको छ । यसमा ४ वटा रियर क्यामेरा रहेका छन् ।

जसमा  ४० मेगापिक्सेल सिने क्यामेरा सहितको उच्च स्तरको क्वाड क्यामेरा प्रणाली, ४० मेगापिक्सेल सुपरसेन्सिङ क्यामेरा,८ मेगापिक्सेलको टेलिफोटो क्यामेरा तथा थ्रीडी डेप्थ सेन्सिङ क्यामेरा जडित छ ।

यसको फ्रन्ट क्यामेरा ३२ मेगापिक्सेलको रहेको छ ।  यसमा ४५ सय एमएएचको ब्याट्री सहित फास्ट चार्जको सुविधा रहेको छ । नेपालमा यसको मूल्य १ लाख २९ हजार ९ सय रहेको छ ।