कीवर्डहरू -

नेपाली बजारमा हुवावे वाच जिटी टु सार्वजनिक

नेपाली बजारमा हुवावे वाच जिटी टु सार्वजनिक

हुवावेले नेपालमा हुवावे वाच जिटी टु सार्वजनिक गरेको छ । ४२ एमएम र ४६ एमएमका स्मार्टवाच सार्वजनिक गरिएको हो । यी दुवैमा किरिन एवान चिपजडान गरिएको छ ।

४६ एमएमको वाचमा ब्याट्री दुई हप्ता सम्म टिक्छ । भने ४२ एमएमको वाचमा ब्याट्री एक हप्ता सम्म टिक्नेछ । यी स्मार्टवाचमा हुवावे ओन लाइट अपरेटिङ सिस्टम प्रयोग गरिएको छ ।

४६ एमएमको वाचमा जीपिएस र ब्लुटुथको सुविधा रहेको छ । यी दुवै वाचमा ४ जीबी इन्टर्नल स्टोरेज रहेको छ । यी वाच व्यक्तिगत स्वास्थ्य, जीपिएस, हार्ट रेट मोनिटर तथा फिटनेश क्रियाकलापको लागि प्रयोग गर्न सकिन्छ ।

यी स्मार्टवाच विभिन्न इडिसनमा उपलब्ध रहेका छन् । ४६ एमएमको वाचको मूल्य २९ हजार ९ सय रहेको छ ।