ओपोले नेपालमा सर्वाधिक लोकप्रियता कमाउन सफल आफ्नो ए सिरिज अन्तर्गतको एनाइन २०२० लाई नयाँ भ्यानिला मिन्ट एडिसनमा सार्वजनिक गरेको छ ।
नजिकिँदै गरेको क्रिस्मस र नयाँ वर्षलाई लक्षित गर्दै आफ्नो ब्राण्ड र उत्पादनलाई दिएको अपार मायाँ र सफलताका लागि उपभोक्ता माझ कृतज्ञता स्वरुप कम्पनीले यो नयाँ मोबाइल प्रस्तुत गरेको हो ।
यसै बर्षको सेप्टेम्बर महिनामा मरिन ग्रिन र स्पेस पर्पल गरी दूई आकर्षक रंगमा सार्वजनिक एनाइन २०२० ले बजारमा सर्वाधिक मितब्ययी मूल्यमा उपलब्ध ८ जीबी स्मार्टफोनका रुपमा समेत निकै लोकप्रियता कमाएको छ ।
ओपो एनाइन २०२० को भ्यानिला मिन्ट एडिसनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, “अत्याधुनिक स्पेसिफिकेशन्स र आकर्षक मूल्यका कारण ओपो एनाइन २०२० ले नेपालमा निकै लोकप्रियता कमाउन सफल रहेको छ । ”
क्रिस्मस र नयाँ वर्षलाई मध्यनजर गरेरे हाम्रा उपभोक्तासंग खुशी साट्ने सोचका साथ हामीले एनाइन २०२० अन्तर्गत भ्यानिल मिन्ट एडिसन सार्वजनिक गरेका हौँ । यसले उपभोक्ताको थप नजिक हुन सघाउ पुग्नेमा हामी आशावादी छौँ उनले भने ।
सोही फोन अब कम्पनीले भ्यानिला मिन्ट इडिसनमा सार्वजनिक गरेको हो । ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसनमा गेमिङ तथा मल्टि टास्किको लागि स्न्यापड्रागन ६६५ चिपसेट जडान गरिएको छ ।
साथै यसमा ८ जीबी र्याममका साथमा १ सय २८ जीबी रोम उपलब्ध गरिएको छ । यसमा रहेको ११ एनएम प्रोसेसरले गेमिङका लागि उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्नुका साथै उर्जा खपतमा समेत सहयोग पुर्याउनेछ ।
फोनमा प्रयोगकर्तालाई उत्कृष्ट क्यामेरा अनुभव प्रदान गर्ने सोचका साथ ४८ एमपी लेन्स र १ सय १९ डिग्रि फिल्ड अफ भ्यू दिने अल्ट्रा वाइड ८ एमपी लेन्सपनि उपलब्ध रहेको छ ।
यसले फोरके भिडियो पनि सपोर्ट गर्छ । यसमा रहेको ५ हजार एमएएच क्षमताको ब्याट्री समग्र फोनकै महत्वपूर्ण सेलिङ पोइन्टका रुपमा रहेको छ । फोनको साधारण प्रयोग गर्दा यसमा रहेको ब्याट्री एक दिन भन्दा लामो समय सम्म टिक्छ ।
लामो समयसम्म गेमिङ तथा चलचित्रको मज्जा लिनेहरुका लागि समेत यो फोन निकै उपयुक्त छ । लगातार एचडी भिडियोको मज्जा लिँदा समेत फोनको ब्याट्री आरामले ११ घण्टा सम्म टिक्छ ।
कम्पनीले यसको बजार मूल्य ३३ हजार ५ सय ९० रुपैयाँ निर्धारण गरेको छ । फोन मरिन ग्रिन र स्पेस पर्पल रंगमा पनि उपलब्ध रहेको छ ।