कीवर्डहरू -

हुवावेको वाइनाइन एस नेपालमा सार्वजनिक

हुवावेको वाइनाइन एस नेपालमा सार्वजनिक

हुवावेले नेपालमा फुल एचडि प्लस डिस्प्ले रहेको वाइनाइन एस सार्वजनिक गरेको छ । अटो पपअप क्यामरा भएको यो स्मार्टफोन चर्चित वाइ नाइन प्राइम २०१९ को अपग्रेडेड भर्जन हो ।

किरन ७१०एफ चिपसेट जडित फोनमा ६ जीबी र्याम र १२८ रोम उपलब्ध रहेको छ । आधुनिक र आर्क्षित डिजाइन तथा अल्ट्रा वाइड एंगल ४८ एमपी एआई ट्रिपल क्यामरा तथा साइड फिंगरप्रिन्ट डिजाइन यसमा छ ।

वाइनाइन एसमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । चारहजार एमएएचको ब्याट्री रहेको यो एन्ड्रोइड ९ पाईमा आधारित रहेको छ । हुवावेले यो फोन काठमाडौं मा एक कार्यक्रमका बिच सार्वजनिक गरेपनि बजारमा भने अर्को हप्ताबाट उपलब्ध हुनेछ ।