कीवर्डहरू -

भीभो वाइ नाइन्टीन नेपालमा सार्वजनिक

भीभो वाइ नाइन्टीन नेपालमा सार्वजनिक

भीभो वाइ नाइन्टीन नेपालमा सार्वजनिक भएको छ । ६.५३ इन्चको डिस्प्ले रहेको यस फोनको तौल १५३ ग्राम रहेको छ । मिडिया टेक हेलियो पी ६५ चिपसेट जडित वाइ नाइन्टीनमा ६ जीबी र्याम र १२८ जीबी रोम रहेको छ ।

एन्ड्रोइड ९ (पाई) मा आधारित मोबाइलमा ट्रिपल रियर क्यामेरा रहेको छ ।  जसमा १६ मेगापिक्सेल सहित ८ मेगापिक्सेल सुपर वाइड एंगल लेन्स र २ मेगापिक्सेल माइक्रो लेन्स रहेको छ ।

यसमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । यस फोनमा पाँच हजार एमएएचको ब्याट्री पनि रहेको छ । फिंगरप्रिन्टको सुविधा रहेको भीभो वाइ नाइन्टीको मूल्य २७ हजार नौ सय ९० रहेको छ ।