कीवर्डहरू -

इन्स्टाग्रामले ल्यायो स्टोरीको लागि नयाँ सुविधा

इन्स्टाग्रामले ल्यायो स्टोरीको लागि नयाँ सुविधा

इन्स्टाग्रामले स्टोरीको लागि नयाँ लेआउट सुविधा ल्याएको छ ।

कम्पनिका सिईओ एडम मोसेरीले ट्विट गर्दै भने, “इन्स्टाग्राम स्टोरीको लागि नयाँ लेआउट फिचर ल्याएको र यसबाट धेरै फोटालाई ग्रिडको ढाँचामा स्टोरीमा राख्न सकिन्छ” ।

जसमा २ वटा देखि ६ वटा सम्म फोटो राख्न सकिने छ । यसको लागि स्टोरी राख्ने ठाउँमा गएर लेआउट अप्सन छान्नुहोस ।

अप्सन छानिसकेपछि कति वटा फोटो ग्रिडमा राख्ने त्यसको लेआउट छानेर यस फिचरको प्रयोग गर्न सक्नुहुन्छ ।