कीवर्डहरू -

टेलिकमलाई पछाडि पार्दै एनसेलले हात पार्यो फोरजी फ्रिक्वेन्सी

टेलिकमलाई पछाडि पार्दै एनसेलले हात पार्यो फोरजी फ्रिक्वेन्सी

नेपाल टेलिकमलाई पछिपार्दे एनसेलले फोरजी सेवाको लागि प्रयोग हुने १८ सय ब्याण्ड मेगाहर्जको फ्रिक्वेन्सी हात पारेको छ ।

पुस २ गते सोल्टी क्राउन प्लाजामा नेपालमै पहिलो पटक भएको फ्रिक्वेन्सी बोलकबोलको अन्तिम अर्थात तेस्रो राउण्डमा प्रति मेगाहर्ज फ्रिक्वेन्सीको लागि नेपाल टेलिकमले ५ करोड १ हजार प्रस्ताव गर्दा एनसेलले ५ करोड ८० लाख प्रस्ताव गरेको थियो । ५ करोड ८० लाख प्रस्ताव गरेको  एनसेलले टेलिकमलाई पछाडि पार्दै फ्रिक्वेन्सी हात पारेको हो ।

यस फ्रिक्वेन्सी बोलकबोलमा एनसेल र नेपाल टेलिकम सहभागी भएका थिए । एनसेललाई भने लाभकर नतिर्दै फ्रिक्वेन्सी बोलकबोलमा सहभागी गराइएको थियो ।

अक्सनको पहिलो राउण्डमा प्रति मेगाहर्ज फ्रिक्वेन्सीको लागि नेपाल टेलिकमले ३ करोड ७८ लाख बोलकबोल गर्दा एनसेलले ३ करोड ९६ लाख कबोल गरेको थियो ।

पहिलो राउण्डमा अग्रता लिएको एनसेलले दोस्रो राउण्डमा पनि अग्रता लिएको थियो । जसमा  अक्सनको दोस्रो राउण्डमा प्रति मेगाहर्जको लागि नेपाल टेलिकमले ४ करोड २० लाख प्रस्ताव गर्दा एनसेलले ४ करोड ३२ लाख रुपैया कबोल गरेको थियो ।

फ्रिक्वेन्सी बोलकबोलको हरेक चरणमा कबोल गरिएको उच्च बोलकबोल मूल्यमा पाँच प्रतिशत थप गरी अर्को चरणको आधारभूत मूल्य तय गरिएको थियो ।

गएको मंसिर २६ गते चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेशनले अदालतको अन्तरिम आदेश बाट फ्रिक्वेन्सी बोलकबोल रोक्न अदालतमा मुद्दा दायर गरेको थियो ।

सीजी कम्युनिकेशनले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि फ्रिक्वेन्सी बोलकबोल प्रकृया सुरु भएको हो ।