कीवर्डहरू -

नेपाल आइडल सिजन ३ मा डिशहोमको आबद्धता

नेपाल आइडल सिजन ३ मा डिशहोमको आबद्धता

नेपाली संगितका पारखिहरु र त्यस संगितमा आफ्नो भविष्य देख्नेहरुले सर्वाधिक रुचाइएको रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करण नेपाल आइडल सिजन ३ यही पुष ३ गते देखि शुरु हुँदैछ ।

अन्तर्राष्ट्रिय रुपमा चर्चित यस शोलाई नेपालमा एपि वान् एचडिले पहिलो संस्करणदेखि नै प्रसारण गर्दै आइरहेको छ । विगतका २ सिजनले नेपालमा पनि यसको लोकप्रियता शिखरमा रहेको प्रमाणित गरिसकेको छ ।

नेपाल आइडल कार्यक्रमको प्रसारण टेलिभिजनमा समाप्त भए लगतै उक्त कार्यक्रम डिशहोमकोमा पुनः प्रसारण गरिने छ ।

नेपाल आइडल ३ को प्रसारण प्रारम्भसँगै यसको प्रसारण सहयात्रीमा नेपालमा सर्वाधिक ग्राहक संख्या भएको तथा अन्तर्राष्ट्रिय स्तरको प्रसारण गुणस्तर भएको डिशहोम पनि आबद्ध भएको छ ।

यो भन्दा अगाडी डिशहोमले नेपाल लोक स्टार तथा द भ्वाइस अफ नेपालसँग पनि सहकार्य गरिसकेको छ ।