कीवर्डहरू -

भोलि देखि २ दिनसम्म आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला, ड्रोन देखि स्याटेलाइट सम्म प्रदर्शनी हुने

भोलि देखि २ दिनसम्म आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला, ड्रोन देखि स्याटेलाइट सम्म प्रदर्शनी हुने

भोली देखी काठमाडौंको थापागाउँ स्थित प्रेसिडेन्टियल स्कुलको मैदानमा ‘फ्युज मेसिन्स आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला’ सुरु हुदैछ ।

२ दिनसम्म चल्ने मेलामा वर्कसप, प्रदर्शनी र  कन्फेरेन्स आदि हुनेछन् ।  लिभिङ विथ आइसिटीले आयोजना गरेको यो मेलामा प्रदर्शनी, स्टार्टअप कम्पनीका उत्पादन, विद्यार्थिले बनाएका प्रोजेक्ट प्रदर्शनी, रोबोटिक्स प्रतियोगिता, जब फेयर तथा काउन्सिलिङ, रकेट विज्ञान तथा अन्तरिक्ष प्रविधि, नेपालको पहिलो नानो स्याटेलाइट, ड्रोन रोबट तथा नेपाली इन्नोभेसन, ब्लकचेन तथा आइओटीका उत्पादन, इमर्जिङ प्रविधि (एआई, क्लाउड, ब्लकचेन, आइओटी) मा वर्कसप सञ्चालन हुने र स्टार्टअप तथा उद्यमशिलता सम्बन्धि कन्फेरेन्स जस्ता मुख्य आकर्षन रहेका छन् ।

कार्यक्रममा ५० भन्दा बढि स्टार्टअपहरु सहभागि हुने छन् । यस मेलाको शिर्ष प्रायोजन फ्युज मेसिन्सले गरेको छ । कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, रोबोटिक्स क्लब अफ एसोसिएसन, साइन्स टिचर्स एसोसिएसन, सिएसआइटी एसोसिएसन, टेक्नोरियो, वेब एसोसियसन नेपाल, नियर,  ब्रोडवे इन्फोसिस, प्रभु पे, क्लासिक टेक, हाम्रो पात्रो, काठमाण्डौं जब्स, ब्रेन डिजिट किताब यात्रा, लगायत अन्य संघसस्थाहरुको सहकार्य तथा सहयोग रहेको छ ।

लिभिङ विथ आइसिटीले यस अघि गत बैशाख र जेठमा बिराटनगर, बुटवल र नारायणगढमा मेला आयोजना भइसकेको छ । आइसिटी स्टार्टअप एण्ड इन्नो भेसन मेला १० हजार भन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनी अवलोकन सबैलाई निःशुल्क गरिएको छ ।