कीवर्डहरू -

आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला आजबाट सुरु, मेला भोलि सम्म चल्ने

आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला आजबाट सुरु, मेला भोलि सम्म चल्ने

लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला आजबाट सुरु भएको छ । मेला पुस ४ गते देखि २ दिन सम्म सञ्चालन हुनेछ ।

थापागाँउ स्थित प्रेसिडेन्टियल स्कुलमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव दिपक सुवेदीले पानसमा बत्ति बालेर उद्घाटन गरेका हुन् ।

\"\"

कार्यक्रमको पहिलो दिन रोबोटको फुटबल खेल प्रतियोगिता र  एआइ तथा क्लाउडमा  वर्कसप समेत भएको छ ।कार्यक्रमको पहिलो दिन ३ हजार भन्दा बढिले पदर्शनी अवलोकन गरेका छन् ।

मेला अवलोकन गर्नेलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । जसमा टेलिस्कोप र रिचार्ज जित्न सक्ने छन् । यसको लागि रजिष्ट्रेसन डेस्कमा रजिष्टर गर्नु पर्ने हुन्छ । रजिष्टर निशुल्क गर्न सकिने छ ।