कीवर्डहरू -

कितावको ज्ञान मात्र नभएर क्रियटिभ र इन्नोभेटिभ आइडिया हुन जरुरीः शाक्य

कितावको ज्ञान मात्र नभएर क्रियटिभ र इन्नोभेटिभ आइडिया हुन जरुरीः शाक्य

लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला आजबाट सुरु भएको छ । मेला पुस ४ गते देखि २ दिन सम्म सञ्चालन हुनेछ ।

थापागाँउ स्थित प्रेसिडेन्टियल स्कुलमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव दिपक सुवेदीले पानसमा बत्ति बालेर उद्घाटन गरेका हुन् ।

\"\"

संयोजक राजन लम्सालको अध्यक्षतामा सुरु भएको कार्यक्रमको अतिथिमा क्रमसः सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका  सह-सचिव बिरेन्द्र मिश्र, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सह-सचिव सुरेन्द्र सुवेदी, क्यान महासंघका पूर्व अध्यक्ष विनोद ढकाल र प्रोफेसर डा. सुवर्ण शाक्यको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संयोजक राजन लम्सालले भने, “ हामीले पुर्वको पाँचथर देखि पश्चिम रोल्पा सम्म पुगरे आइटीका कार्यक्रम गरेका छौ, डिजिटल नेपाल, स्टार्टअप र उद्यमिलाई सहयोग पुर्याउनको लागि हामिले यो कार्यक्रम गरेका हौ ।

\"\"

शुभकामना मन्तव्य दिदै कार्यक्रमका अतिथि विनोद ढकालले क्यान महासंघले देखेको सपना पुरा भएको र अब डिजिटल नेपालको ढाँचालाई साकार पार्न काम गर्नु पर्ने बताए ।

त्यसैगरी कार्यक्रममा डा. सुवर्ण शाक्यले भने अहिलेको समयमा किताबि ज्ञान मात्र नभएर क्रियटिभ र इन्नोभेटिभ आइडिया हुन जरुरी रहेको बताए । उनले भने डिजिटल नेपाल होस वा इ-गभर्नेन्स जुनसुकै सपना साकार पार्न पब्लिक प्राइभेट पार्टनरसिप आवश्यक रहेको बताए ।

त्यस्तै अर्का अतिथि विरेन्द्र मिश्रले डिजिटल नेपालको ढाँचाले कृर्षि, पर्यटन, स्वास्थ्य, शिक्षा तथा सबै क्षेत्रलाई समेटेको बताए । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि दिपक सुवेदीले आइटी बिना कुनै पनि क्षेत्रको उन्नती नहुने र कुनै पनि काम गर्दा सहयोग र समन्वय आवश्यक रहेको बताए ।

\"\"

लिभिङ विथ आइसिटीले आयोजना गरेको यस मेलामा प्रदर्शनी, स्टार्टअप कम्पनीका उत्पादन, विद्यार्थिले बनाएका प्रोजेक्ट प्रदर्शनी, रोबोटिक्स प्रतियोगिता, जब फेयर तथा काउन्सिलिङ, रकेट विज्ञान तथा अन्तरिक्ष प्रविधि, नेपालको पहिलो नानो स्याटेलाइट, ड्रोन रोबट तथा नेपाली इन्नोभेसन, ब्लकचेन तथा आइओटीका उत्पादन, इमर्जिङ प्रविधि (एआई, क्लाउड, ब्लकचेन, आइओटी) मा वर्कसप सञ्चालन हुने र स्टार्टअप तथा उद्यमशिलता सम्बन्धि कन्फेरेन्स जस्ता यस कार्यक्रमका मुख्य आकर्षन रहेका छन् ।

कार्यक्रमको पहिलो दिन रोबोटको फुटबल खेल प्रतियोगिता, एआइ र क्लाउडको वर्कसप भएका छन् ।  त्यस्तै कार्यक्रमको दोस्रो दिन ब्लकचेन, आइओटी तथा आइओटीमा वर्कसप साथै स्टार्टअप  उद्यमशिलताको विषयमा कन्फ्रेरेन्स र प्यानल डिस्कसन हुनेछ ।

\"\"

कार्यक्रममा ५० भन्दा बढि स्टार्टअपहरु सहभागी भएका छन् । यस मेलाको शिर्ष प्रायोजन फ्युज मेसिन्सले गरेको छ । कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, रोबोटिक्स क्लब अफ एसोसिएसन, साइन्स टिचर्स एसोसिएसन, सिएसआइटी एसोसिएसन, टेक्नोरियो, वेब एसोसियसन नेपाल, नियर,  ब्रोडवे इन्फोसिस, प्रभु पे, क्लासिक टेक, हाम्रो पात्रो, काठमाण्डौं जब्स, ब्रेन डिजिट, किताब यात्रा,  लगायत अन्य संघसस्थाहरुको सहकार्य तथा सहयोग रहेको छ ।

आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला १० हजार भन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमको पहिलो दिन ३ हजार भन्दा बढिले अवलोकन गरेका छन् । प्रदर्शनी अवलोकन सबैलाई निःशुल्क गरिएको छ ।

लिभिङ विथ आइसिटीले यस अघि गत बैशाख र जेठमा बिराटनगर, बुटवल र नारायणगढमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला आयोजना गरिसकेको छ ।

लिभिङ विथ आइसिटीले देशकै सबैभन्दा ठुलो सुचना प्रविधि अवार्ड आइसिटी अवार्ड पनि ५ बर्ष अघिबाट आयोजना गर्दै आएको छ ।