कीवर्डहरू -

आइसिटी स्टार्टअप  एण्ड इन्नोभेसन मेला शनिबार पनि जारी, विभिन्न विषयमा प्यानल डिस्कसन हुने

आइसिटी स्टार्टअप  एण्ड इन्नोभेसन मेला शनिबार पनि जारी, विभिन्न विषयमा प्यानल डिस्कसन हुने

आज बाट सुरु भएको आइसिटी स्टार्टअप  एण्ड इन्नोभेसन मेला भोलि शनिबार पनि जारी रहेको छ ।

भोलिको कार्यक्रममा ब्लकचेन तथा आइओटी र पाइथुनमा वर्कसप हुनेछ । त्यसैगरी स्टार्टअप उद्यमशीलताका विषयमा कन्फेरेन्स र विभिन्न प्यानल डिस्कसन हुनेछ ।

लिभिङ विथ आइसिटीले आयोजना गरेको यस मेलामा प्रदर्शनी, स्टार्टअप कम्पनीका उत्पादन, विद्यार्थिले बनाएका प्रोजेक्ट प्रदर्शनी, रोबोटिक्स प्रतियोगिता, जब फेयर तथा काउन्सिलिङ, रकेट विज्ञान तथा अन्तरिक्ष प्रविधि, नेपालको पहिलो नानो स्याटेलाइट, ड्रोन रोबट तथा नेपाली इन्नोभेसन, ब्लकचेन तथा आइओटीका उत्पादन, इमर्जिङ प्रविधि (एआई, क्लाउड, ब्लकचेन, आइओटी) मा वर्कसप सञ्चालन हुने र स्टार्टअप तथा उद्यमशिलता सम्बन्धि कन्फेरेन्स जस्ता यस कार्यक्रमका मुख्य आकर्षन रहेका छन् ।

यस कार्यक्रम पहिलो दिन करिब ३ हजार भन्दा बढिले अबलोकन गरिसकेका छन् । यहाँ ५० भन्दा बढि स्टलहरु रहेका छन् । यस कार्यक्रममा सहभागी भएर लक्की ड्र मार्फत विभिन्न पुरस्कार पनि जित्स सकिने छ । प्रदर्शनी अबलोकन निशुल्क गरिएको छ ।

यस मेलाको शिर्ष प्रायोजन फ्युज मेसिन्सले गरेको छ । कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, रोबोटिक्स क्लब अफ एसोसिएसन, साइन्स टिचर्स एसोसिएसन, सिएसआइटी एसोसिएसन, टेक्नोरियो, वेब एसोसियसन नेपाल, नियर, ब्रोडवे इन्फोसिस, प्रभु पे, क्लासिक टेक, हाम्रो पात्रो, काठमाण्डौं जब्स, ब्रेन डिजिट, किताब यात्रा,  लगायत अन्य संघसस्थाहरुको सहकार्य तथा सहयोग रहेको छ ।