कीवर्डहरू -

आइसिटी स्टार्टअप  एण्ड इन्नोभेसन मेला सम्पन्न

आइसिटी स्टार्टअप  एण्ड इन्नोभेसन मेला सम्पन्न

पुस ४ गते शुक्रबारबाट सुरु भएको आइसिटी स्टार्टअप  एण्ड इन्नोभेसन मेला आज शनिबार समापन गरिएको छ ।

\"\"

लिभिङ विथ आइसिटीले आयोजना गरेको यस मेलामा प्रदर्शनी, स्टार्टअप कम्पनीका उत्पादन, विद्यार्थिले बनाएका प्रोजेक्ट प्रदर्शनी, रोबोटिक्स प्रतियोगिता, जब फेयर तथा काउन्सिलिङ, रकेट विज्ञान तथा अन्तरिक्ष प्रविधि, नेपालको पहिलो नानो स्याटेलाइट, ड्रोन रोबट तथा नेपाली इन्नोभेसन, ब्लकचेन तथा आइओटीका उत्पादन, इमर्जिङ प्रविधि (एआई, क्लाउड, ब्लकचेन, आइओटी) मा वर्कसप सञ्चालन हुने र स्टार्टअप तथा उद्यमशिलता सम्बन्धि कन्फेरेन्स जस्ता यस कार्यक्रमका मुख्य आकर्षन रहेका थिए ।

\"\"

५० भन्दा बढि स्टलहरु रहेको यस कार्यक्रम २ दिनमा ५ हजार भन्दा बढिले अबलोकन गरेका छन् ।

कार्यक्रमको पहिलो दिन रोबोटको फुटबल खेल प्रतियोगिता, एआई तथा क्लाउडमा वर्कसप भएको थियो । त्यसैगरी अन्तिम दिन रोबोटको फुटबल खेल फाइनल र आइओटीमा वर्कसप भएको थियो ।

\"\"

त्यसैगरी शनिबार मेलाको दोस्रो तथा अन्तिम दिनमा स्टार्टअप तथा उद्यमशीलताका बारेमा छलफल सम्मेलन भएको थियो । त्यस्तै मेलामा विभिन्न स्टार्टअप कम्पनीमा काम गर्ने युवाले आफ्नो स्टोरी सेयर गरेका थिए ।

\"\"

त्यसैगरी प्यानल डिस्कसनमा सहभागी भएका वक्तालाई टोकन अफ लभ र किताब यात्राले दिएको किताव प्रदान गरिएको थियो ।

मेलालाई व्यवस्थित बनाउन सहयोग गरेका स्वयमसेवकलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । रोबोट खेल प्रतियोगिताको फालनलमा रोबोनट्स तथा कान्तिबिर विजेता भएका छन् । भने स्मार्ट होम नामक प्रोजेक्टले बेस्ट स्टुडेन्ट प्रोजेक्ट अवार्ड जितेको थियो ।

जसमा उनिहरुले २० हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी फाइनलमा  एडभान्स रोबो क्लब पहिलो रनरअप भएको छ । जसलाई सात हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ।

\"\"

यस स्टार्टअप मेला  अवलोकन गर्नेलाई लक्की ड्र मार्फत विभिन्न पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी भएका कम्पनी तथा प्रायोजन गर्ने सबैलाई टोकन अफ लभ  र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस मेलाको शिर्ष प्रायोजन फ्युज मेसिन्सले गरेको छ । कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, रोबोटिक्स क्लब अफ एसोसिएसन, साइन्स टिचर्स एसोसिएसन, सिएसआइटी एसोसिएसन, टेक्नोरियो, वेब एसोसियसन नेपाल, नियर, ब्रोडवे इन्फोसिस, प्रभु पे, क्लासिक टेक, हाम्रो पात्रो, काठमाण्डौं जब्स, ब्रेन डिजिट, किताब यात्रा,  लगायत अन्य संघसस्थाहरुको सहकार्य तथा सहयोग रहेको छ ।

\"\"