कीवर्डहरू -

नेपालमा नोकियाको ‘नोकिया २.३’ स्मार्टफोन, यस्तो छ फिचर

नेपालमा नोकियाको ‘नोकिया २.३’ स्मार्टफोन, यस्तो छ फिचर

स्मार्टफोन कम्पनी नोकियाले नेपालमा ‘नोकिया २.३’ मोबाइल सार्वजनिक गरेको छ । यसको लागि नोकियाले टेलिटक प्रालि सँग साझेदारी गरेको छ ।

नोकिया २.३ एउटा इन्ट्री लेभलको स्मार्टफोन हो । जसमा ६.२ इन्चको एचडी स्क्रीन, डुअल क्यामेरा र दुई दिनसम्म टिक्ने ब्याट्री जस्ता बिशेषता रहेको छ ।

एआई प्रविधिमा आधारित डुअल क्यामेरा रहेको नोकिया २.३ मा रेकमेन्डेड सट फिचर रहेको छ । जसमा पछाडी १३ मेगा पिक्सेल प्राइमरी सुटर र २ मेगा पिक्सेल डेप्थ सेन्सर राखिएको छ । त्यस्तै अगाडी ५ मेगा पिक्सेलको वाटर ड्रप नोच सेल्फी सुटर लेन्स जडान गरिएको छ ।

एन्ड्रोइड १० अपरेटिङ सिस्टम भएको नोकिया २.३ ले तीन वर्ष सम्म मासिक सेक्यूरिटी अपडेट र दुई वर्षसम्म एन्ड्रोइड अपरेटिङ सिस्टम अपडेटको जिम्मा लिएको छ ।

यस स्मार्टफोनमा हेलियो ए २२ क्वाड  कोर प्रोसेसर प्रयोग गरिएको छ । नोकिया २.३ मा २ जीबी र्याम र ३२ जीबी इन्टर्नल स्टोरेज रहेको छ । नोकिया २.३ को मूल्य नेपालमा  ११ हजार ९ सय ९९  रुपैयाँ तोकिएको छ ।