कीवर्डहरू -

क्यान इन्फोटेक २०२० को लागि स्टल बुकिङ खुल्ला

क्यान इन्फोटेक २०२० को लागि स्टल बुकिङ खुल्ला

अगामी फागुन २ गते देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने क्यान इन्फोटेक २०२० को लागि प्रायोजक र स्टलको बुकिङ खुल्ला गरिएको छ ।

\"\" \"\"

अनलाइन स्टल बुकिङको यो वेबसाइट लगइन गर्नुहोस । बुकिङ गर्दा इ बैंकिङको प्रयोग गरेर रकम पठाउन सकिने  अथवा बैंकको डिपोजिट भौचर पठाउनु पर्नेछ ।

अफलाइनबाट पैसा पठाउनको लागि बैंकको डिपोजिट काउन्टरमा गएर कम्पनीको नाम तथा रकम सिद्दार्थ र कुमारी बैंकको खातामा पठाउन सकिने छ । यो पटकको क्यान इन्फोटेक काठमाण्डौं सहित ८ स्थानमा हुदैछ ।

जसमा प्रदेश १ को इटहरी, प्रदेश २ को विरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को वुटवल र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत, सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरीय र प्रदेश ५ को नेपालगञ्जमा जिल्ला स्तरीय प्रदर्शनी आयोजना गरिने क्यान महासंघले बताएको छ ।

२६ औं संस्करणको क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शिर्ष प्रायोजनमा प्रभु पे, अफिसियल इन्सोरेन्समा प्रभु इन्सोरेन्स तथा टिकट पार्टनरमा इपे ले प्रायोजन गरेको छ । त्यसैगरी एसोसिएशन पार्टनरको रुपमा वल्र्ड लिंक रहेको छ । अनलाइन स्टल बुकिङको लागि यो वेबसाइट लगइन गर्नुहोस ।