विद्युतिय भुक्तानी गर्दा लाग्ने १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्न सबै वाणिज्य बैंकहरु सहमत भएका छन् । आन्तरिक राजस्व विभागले २७ वटा वाणिज्य बैंकहरूसँग छलफल गरेर भ्याट फिर्ता गर्न लागेको हो । यहि पुस महिनाबाटै भ्याट रकम फिर्ता गर्ने तयारी रहेको विभागले बताएको छ ।
पहिलो चरणमा मोबाइल बैंकिङ र डिजिटल वालेटमार्फत समान खरिदमा लाग्ने १० प्रतिशत भ्याट फिर्ता गर्ने प्रक्रिया सुरु हुदै छ । यसको लागि आन्तरिक राजस्व विभागले सफ्टवेयर समेत निर्माण गरिसकेको छ ।
भ्याट सिधै ग्राहकको खातामा फिर्ता हुनेछ । आन्तरिक राजस्व विभागले बनाएको सफ्टवेयर क्युआर कोडमा निहित हुनेछ । यसले मोबाइलबाट स्क्यान गर्दा भ्याट वाहेकको रकम र भ्याट रकम निकाल्ने छ ।
यो सफ्टवेयरले भ्याटको १० प्रतिशत तुरुन्तै फिर्ता गर्नेछ । त्यसैगरी व्यवसायीले डेबिट र क्रेडिट कार्ड बाट हुने भुक्तानिको भ्याट रकम क्यास फिर्ता दिने प्रस्ताव गरेका थिए तर सरकारले यसको अस्वीकार गरेको छ ।