कीवर्डहरू -

एनसेलको सिमकार्ड फोरजीमा अपग्रेड गरे निशुल्क एक जीबी डाटा पाइने

एनसेलको सिमकार्ड फोरजीमा अपग्रेड गरे निशुल्क एक जीबी डाटा पाइने

एनसेलको सिमकार्ड एक रुपैयाँमै फोरजीमा अपग्रेड गर्न सकिने भएको छ । सिमकार्ड फोरजीमा अपग्रेड गरेपछी एक जीबी डाटा निशुल्क  पाइने छ । जुन डाटा एक हप्ताको लागि मात्र मान्य हुने छ ।

अपग्रेड गर्नको लागि सिमकार्ड र सक्कल कागजात सहित नजिकको एनसेल सेन्टरमा सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ । आफुले प्रयोग गरेको सिमकार्ड फोरजी होवा होइन भनेर थाहा पाउन Q टाइप गरी ३२४ मा एसएमएस पठाउन सकिने छ ।