कीवर्डहरू -

तिनवटा रियर क्यामेरा सहित वानप्लस सेभेन टी नेपालमा

तिनवटा रियर क्यामेरा सहित वानप्लस सेभेन टी नेपालमा

नेपाली बजारमा वानप्लस सेभेन टी सार्वजनिक भएको छ । ६.५५ इन्चको फुल एचडीप्लस डिस्प्ले रहेको यस फोनमा स्न्यापड्रयागन ८५५ प्लस चिपसेट प्रयोग गरिएको छ ।

८ जीबी र्याम रहेको वानप्लस सेभेम टीमा १२८ जीबि स्टोरेज रहेको छ । यसमा ४८ एमपी, १६ एमपी र १२ एमपीका तीनवटा रियर क्यामेरा रहेको छ । यसमा १६ मेगापिक्सेल सेल्फी क्यामेरा सहित फिगंरप्रिन्टको पनि सुविधा छ ।

१९० ग्राम तौल भएको यस वानप्लसमा ३८ सय एमएएचको ब्याट्री जडान गरिएको छ । नेपाली बजारमा वानप्लस सेभेन टीको मूल्य ६७ हजार रुपैयाँ रहेको छ ।