कीवर्डहरू -

७ सय ५३ वटै स्थानीय तहका साउनयताका ‘डाटा’ नष्ट

७ सय ५३ वटै स्थानीय तहका साउनयताका ‘डाटा’ नष्ट

देशभरकै स्थानिय लेखा प्रणाली व्यवस्थित गर्न सर्भर सुत्र लामो समयदेखि बिग्रिएको छ । सम्बद्ध अधिकारीहरुले यसलाई ह्याक भएको भनिरहेका छन् । ७ सय ५३ वटै स्थानीय तहका साउनयताका ‘डाटा’ नष्ट भएका छन् ।

महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन सुत्रको गडबडीबारे प्रहरीले अनुसन्धान थालेको छ ।

सार्वजनिक खर्च तथा वित्तिय उत्तरदायित्व (पेफा) ले २०७५/७६ बाट स्थानीय तथा प्रदेश सरकारको सञ्चित कोष व्यवस्थापन सुत्र कार्यान्वयनमा ल्याएको थियो ।

महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा निरीक्षक निरज केसीका अनुसार विहिबार रातिदेखि सर्भर ह्याक भएको हो ।

२०७६ बैशाख २३ गते देखि मन्त्रीपरिषद बैठकले सबै स्थानीय तहमा सुत्र लागु गर्ने निर्णय गरेको थियो । महालेखा नियन्त्रक गोपिनाथ मैनालीले अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्र लेखेर जानकारी गराइसकेको बताए ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले सुत्र ह्याकबारे अनुसन्धान भईरहेको बताए । यो समाचार आजको अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा सुरेन्द्र काफ्ले र उपेन्द्र अर्याले लेखेका छन् ।