कीवर्डहरू -

टेलिकमको क्रीसमस अफरः जति डाटा खरिद गर्यो त्यति डाटा निशुल्क

टेलिकमको क्रीसमस अफरः जति डाटा खरिद गर्यो त्यति डाटा निशुल्क

नेपाल टेलिकमले क्रीसमस र नयाँ वर्ष २०२० को अवसरमा नयाँ ‘डाटा प्याक’ सार्वजनिक गरेको छ । एनटी डाटा फोरजी बोनान्जा अफर नाम दिइएको यस अफरमा प्रयोगकर्ताले जति डाटा खरिद गर्छन त्यति नै डाटा निशुल्क प्राप्त गर्न सक्ने छन् ।

यो अफरमा नेपाल टेलिकमले तीनवटा डाटा प्याक सार्वजनिक गरेको छ । जसमा २५ रुपैयाँमा २०० एमबी, एक सय रुपैयाँमा ५०० एमबी र २ब सय ४० रुपैयाँमा १.५ जीबी डाटा प्राप्त गर्नेछन् ।

यी तीनवटै डाटा प्याकमा जति डाटा खरिद गर्यो त्यति नै डाटा फ्रीमा पाउने छन् । २०० एमबीको डाटा १ दिनको लागि, ५०० एमबीको डाटा ६ दिनको लागि र १.५ जीबीको डाटा २८ दिनको लागि मान्य हुनेछ ।