कीवर्डहरू -

नेपालमा रोबोटिक्स उद्योग सिर्जना गर्न ‘यन्त्र अन्तराष्ट्रिय रोबोटिक्स प्रतियोगिता’ हुदै

नेपालमा रोबोटिक्स उद्योग सिर्जना गर्न  ‘यन्त्र अन्तराष्ट्रिय रोबोटिक्स प्रतियोगिता’ हुदै

सन् २०२० को जनवरी ३१ र फेब्रुअरी १ मा ‘यन्त्र अन्तराष्ट्रिय रोबोटिक्स प्रतियोगिता हुदैछ । यस प्रतियोगितामा भाग लिनको लागि जनवरी १ सम्ममा रजिष्टर गरिसक्नु पर्ने छ । यो आठौ संस्करणको अन्तरास्ट्रिय रोबोटिक्स प्रतियोगिता हो ।

प्रतियोगितामा भाग लिनको लागि जनवरी १ सम्ममा रजिष्टर गरिसक्नु पर्ने छ ।

यो प्रतियोगिता राष्ट्रिय टेबल टेनिस हल लैनचौर काठमाडौंमा हुनेछ । नेपालमा रोबोटिक्स उद्योगको रुपमा विकास गर्नको लागि यो प्रतियोगिता हुन लागेको आयोजक रोबोटिक्स एसोसिएसन अफ नेपालका प्रमुख विकास गुरुङले बताए।

यन्त्र अन्तराष्ट्रिय रोबोटिक्स प्रतियोगितामा यन्त्र म्यानुअल अखडा, यन्त्र नेशनल लिग, यन्त्र अटोमिटक अखडा लगायतका प्रतियोगिता हुदै छन् । सहभागिता जनाउन तथा अन्य जानकारीको लागि वेबसाइट https://yantra.ran.org.np/ रहेको छ