कीवर्डहरू -

एनसेलको नयाँ अफरः विदेशमा एक सय रुपैयाँमै अनलिमिटेड डाटा

एनसेलको नयाँ अफरः  विदेशमा एक सय रुपैयाँमै अनलिमिटेड डाटा

एनसेलले क्रीसमस र नयाँ वर्षको अवसरमा विदेश घुम्न जानेको लागि नयाँ अफर ल्याएको छ ।

तपाई यात्रामा पनि जोडिन सक्नुहुन्छ जसको लागि विदेश जादा सिमको आवश्यकता पर्दैन भन्दै एक दिनको लागि अनलिमिटेड डाटा प्याक सार्वजनिक गरेको हो । जसमा एक सय रुपैयाँमा एक दिनको लागि अनलिमिटेड डाटा प्याक प्रयोग गर्न सकिने छ ।

यो अफर अमेरीका, भारत, कतार, सिंगापुर, बंगलादेश, इन्डोनेसिया, मलेसिया, श्रीलंका र कम्बोडिया मात्रै लागु हुनेछ । प्रयोगकर्ताले *१२१२९# डायल गरी यो सुविधा लिन सक्ने छन् ।