कीवर्डहरू -

बालबालिकाहरुमा इन्टरनेट तथा मोबाइल प्रयोगको अभ्यास सुरक्षित नभएको खुलासा

बालबालिकाहरुमा इन्टरनेट तथा मोबाइल प्रयोगको अभ्यास  सुरक्षित नभएको खुलासा

नेपाली बालबालिकाहरुमा इन्टरनेट तथा मोबाइल प्रयोगको अभ्यास पूर्ण सुरक्षित नभएको र तिनीहरु  जोखिममा हुन सक्ने सम्भावना रहेको एक अध्ययनले देखाएको छ  ।

एकप्याट लुजेमवर्गले (ECPAT Luxembourg) ले नेपालभरी सञ्चालन गरेको सर्वेक्षणमा यस्तो कुरा सार्वजनिक भएको हो ।

नेपालमा बढ्दो इन्टरनेट प्रयोगका कारण नेपालका बालबालिकाहरुमा इन्टरनेट सुरक्षा र नयाँ प्रविधिको जोखिम पहिचान गर्नको लागि एकप्याटले नेपालभरी सर्वेक्षण गरेको थियो ।

अध्ययन सार्वजनिक गर्नु अगाडी एकप्याटले केन्द्रीय तथ्याङक विभाग, नेपाल दुरसञ्चार प्राधिकरण, केन्द्रीय बाल कल्यान समिति तथा यस संग सम्बन्धित विज्ञ सँग जाँच, समीक्षा तथा परामर्श गरेको थियो ।

१२ हजार ९ सय ४४ जनामा नुमना संकलन गरिएको सर्वेक्षणमा ५ हजार ११ जना अठार वर्ष मुनिका बालबालिका, ३ हजार १ सय ५५ जना शिक्षक र ४ हजार सात सय ७८ आमाबुबा रहेका थिए ।

५ हजार ११ जना अठार वर्ष मुनिका बालबालिका मध्ये ३ हजार ३ सय १६ सरकारी विद्यालय, १ हजार ६ सय ८४ निजी विद्यालय र ११ जना विद्यालय नजाले केटाकेटीमा सर्वेक्षण गरिएको थियो ।

यस सर्वेक्षणमा नेपालमा करिब ७१.८० प्रतिशत बालबालिका मोबाइल फोनको पहुँचमा रहेको र बाँकी २८.२० प्रतिशत मोबाइल फोनको पहुँच भन्दा बाहिर रहेको देखाएको छ  ।  जसमा ७४.७ प्रतिशतले मोबाइलबाटै इन्टरनेट प्रयोग गर्ने गरेका छन् ।

त्यसैगरी दिनमा ७१.८० प्रतिशत बालक र २८.२० बालिकाले छ घण्टा भन्दा बढी इन्टरनेट प्रयोग गर्छन् । नेपालमा बालबालिकाहरुले सबैभन्दा बढी आफ्नो अध्ययन सँग सम्बन्धित कुराहरु खोज्नको लागि इन्टरनेट प्रयोग गर्ने गरेका छन् ।

सर्वेक्षणमा देखिए अनुसार ६०.९ प्रतिशत बालबालिकाको आफ्नै फेसबुक खाता रहेको छ । यस्तै ४९ प्रतिशत बालबालिका इन्टरनेट द्वारा हुने नोक्सानको बारेमा जानकारी नरहेको बताएका छन् ।

५६.६ प्रतिशत नेपाली बालबालिकालाई इन्टरनेटबाट हुने यौन दुर्व्यवहारको शिकार भएकाहरुलाइ सुरक्षा र न्यायको बारेमा कानूनले के भन्छ भन्ने थाहा नभएको अध्ययनले देखाएको छ ।

१५.७ प्रतिशत  बालबालिकाहरुले आफुलाई विभिन्न सामाजिक सञ्जाल अश्लील साम्रागी आउने गरेको बताएका छन् । यसरी अश्लील सामाग्री प्राप्त गर्नेमा ५९.१ प्रतिशत बालक र ४०.१ प्रतिशत बालिका रहेका छन् ।