कीवर्डहरू -

सूचना प्रविधि विधेयक संसदको विकास तथा प्रविधि समितिबाट पारित

सामाजिक सञ्जाल नेपालमा चल्न दर्ता हुनैपर्ने व्यवस्था

सूचना प्रविधि विधेयक संसदको विकास तथा प्रविधि समितिबाट पारित

नेपाली कांग्रेसको असहमतिकाबिच सूचना प्रविधि विधेयक संसदको विकास तथा प्रविधि समितिबाट पारित भएको छ । लामो समयदेखि छलफलमा रहेको यो विधेयक आइतबार बसेको समितिको बैठकले बहुमतबाट पारित गरेको हो ।

विधेयकमा सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्ने तथा सामाजिक सञ्जालमा जथाभावी  लेखेमा जरिवाना हुने व्यवस्थाहरु राखिएका छन् ।

यो विधेयक समितिबाट पारित गर्ने क्रममा ११ जनाले समर्थन जनाएका छन् भने ४ जनाले नोट अफ डिसेन्ट लेखेका छन् । समितिबाट पारित भएको विधेयक संसदबाट पारित भएमा ऐनको रुपमा लागु हुनेछ ।

बिधेयकको पूर्णपाठ य हाँ उपलब्ध छ ।